Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १० असोज २०७७ । पर्यटन मन्त्रालयले कात्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आउन अनुमति दिने भएको छ ।

मन्त्रालयले हवाई मार्गबाट आउने पर्यटकलाई अनअराइभल भिसाको व्यवस्था गर्ने तयारी गरेको छ ।

अनअराइभल भिसाका लागि गृह मन्त्रालयसँग समन्वय सुरु गरिसकेको मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिनुभयो ।

मन्त्रालयले हवाई मार्गबाट आउने पर्यटकलाई मात्र अनअराइभल भिसा दिइने उहाँले बताउनुभयो ।

विदेशबाट आउने पर्यटकलाई अनिवार्य सात दिन क्वारेन्टाइनको प्रावधान राखेर विदेशी पर्यटकलाई घुम्न दिइने बताउनुभयो ।

नेपाल भ्रमणका लागि युरोपेली मुलुकका पर्यटकबाट बुकिङ आउन सुरु भएको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्सले जनाएको छ ।

कोरोना महामारीका कारण गत वर्षमै बुकिङ गरिसकेका र भ्रमण प्याकेज अक्टोबरका लागि स्थगित गरेका पर्यटक आउन तयार रहेको व्यवसायीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया