Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, ९ असोज । गौरादह नगरपालिका वडा नं – ७ दुधाली टोल बिकास समिति भित्रका गरिब तथा बिपन्न परिवारलाई खाद्यान्न राहत सामग्री बितरण गरेको छ। कोरिया छाबी खोङदक होय र आसाका कोपिला संस्थाले १०० बिपन्न घर परिवारलाई बिहिवार खाद्यान्न राहत सामग्री बितरण गरेको हो।

राहत खाद्यान्न अन्तर्गत चामल,दाल,तेल र नुन बितरण गरिएको हो ।दुधाली टोल विकास भित्र बसोबास गर्ने गरिब तथा बिपन्न वडा बासिहरुलाई खाद्यान्न बितरणको ब्यवस्थापन सहजिकरण  टोल समितिले गरेको हो ।

दुधाली बजारमा भएको संयुक्त खाद्यान्न बितरण कार्यक्रममा १०० घर परिवारले राहात स्वरूप खाद्यान्न पाएका छन्। दुधाली टोल बिकास समितिका अध्यक्ष राजेश राईको सभापतित्वमा सो राहात बितरण कार्यक्रम सम्पन्न भएको थियो।

गौरादह नगरपालिका वडा नं – ७ का वडाध्यक्ष बलराम खरेल राहात बितरण कार्यक्रमका प्रमुख अतिथि रहेका थिए।राहात बितरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि खरेले वडा नं – ७ भित्र बसोबास गर्ने अधिकांश नागरिकहरु मजदुर रहेकाले कोरोना भाइरस संक्रमणका कारण काम गर्न नपाउदा भोकभोकै बस्नु पर्ने बाध्यता समेत आउन सक्ने अवस्था श्रृजना भएको थियो।

स्थानीय सरकारले केही समय अगाडि बिपन्न परिवारलाई राहात बितरण गरेतापनि सबै कुरा स्थानीय सरकारले मात्र गर्न नसक्ने भएकाले संघ संस्थाहरुले गरेको सहयोग प्रति आभार ब्यक्त गरेका छन्।

कार्यक्रममा आसाका कोपिलाका सचिब सुरेन्द्र खरेलले शुभकामना मन्तब्य राखेका थिए।कार्यक्रमको संचालन दुधाली टोल बिकास समितिका सचिब रघु राजवंशीले गरेका थिए।

तपाईको प्रतिक्रिया