Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

तेह्रथुम, ८ असोज २०७७ । आठराई गाउँपालिका–४, इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर ‘आत्महत्या’ गर्नुभएको छ ।

बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनी घरबाट निस्किनुभएका इङ्नाम अपराह्न २ः०० बजेसम्म बैठकमा उपस्थित नभएपछि उहाँलाई खोज्न स्थानीयबासी निस्किएका थिए ।

खोज्नेक्रममा उहाँकै घरनजिकैको महाभिर भन्ने ठाउँमा शव झुन्डिएको अवस्थामा फेलापरेको वडा नम्बर(४ का वडाध्यक्ष श्यामकुमार भट्टराईले बताउनुभयो ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि बिहीबार साँझ ७ः३० बजे जिल्ला अस्पताल पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताउनुभयो ।रासस

तपाईको प्रतिक्रिया