झापा, ८ असोज २०७७ । झापामा थप एक कोरोना संक्रमित वृद्ध पुरुषको मृत्यु भएको छ । योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
झापा गाउँपालिका-६ स्थित सानो चप्रमारी निवासी ७८ वर्षीय वृद्धको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी जानकारी दिए ।
दम तथा अन्य दीर्घकालीन रोगबाट ग्रसित ती वृद्ध महिला ज्वरो आएको थियो । ज्वरो आएपछि असोज ६ गते उनको पिसिआर जाँचका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा रिपोर्ट पोजेटिभ आएको डिएसपी थापाले बताए ।
कोरोना संक्रमण पुष्टिका ती वृद्ध होम आइसोलेसनमा बसेको र उनको बुधवार राती घरमै मृत्यु भएको जनाइएको छ । उनको शवलाई नेपाली सेनाले दाहसंस्कारका लागि लगिसकेको जनाइएको छ ।
यता कोरोना संक्रमित वृद्ध महिलाको मृत्यु भएसँगै गाउँपालिकाको ६ नम्बर वडा शील गरिएको छ। वडा कार्यालयले बिहीबार सर्वपक्षीय भेला गरी आज साँझ ५ बजे देखि असोज ११ गते मध्य रातसम्म वडा शील गर्ने निर्णय गरेको हो।
वडाका वडा अध्यक्ष हरिबहादुर बानियाँको अध्यक्षतामा बसेको भेलाले पश्चिममा सानो माई वारी, पूर्वमा बिरिङ खोला वारी, उत्तरमा कनकाई नगरपालिकाको सिमाना र दक्षिणमा फूलगाछी सम्मको क्षेत्र शील गरिएको नेपाल कम्युनिस्ट पार्टी झापा गाउँपालिकाका अध्यक्ष रुद्र बजगाईँले जानकारी दिए ।
भेलाले वडा शील भएको समयमा अत्यावश्यक स्वास्थ्य सेवाहरू नियमित सञ्चालन गर्न पाइने, क्वारेन्टाइन प्रायोजनका लागि सञ्चालित होटेलहरू सञ्चालन गर्न पाइने, अमरपथ राजमार्गमा चल्ने सवारी साधन चल्न दिइने निर्णय गरेको छ ।
घर बाहिर अत्यावश्यक कामका लागि जानु परेमा वडा अध्यक्ष बानियाँ, स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्मा तथा प्रहरीलाई सूचना गरेर मात्र जानु पाउने निर्णय गरिएको छ ।टाइम्स अफ प्रदेश