Online Bichar
शुक्रबार, बैशाख १२, २०८२ | Friday, April 25, 2025

झापा, ७ असोज २०७७ । राष्ट्रिय मानव अधिकार आयोगले मंगलबार झापास्थित कारागारको अनुगमन गरेको छ ।

नेपालमा कोभिड १९ को संक्रमण शुरु भएपछिको अवस्थामा कैदी बन्दीको मानवअधिकारलाई कसरी सुनिश्चित गरिएको छ भन्ने विषयमा जानकारी लिने उद्देश्यले आयोगले कारागारको अनुगमन शुरु गरेको आयोगका सदस्य सुदीप पाठकले बताउनुभयो ।

झापा जिल्ला कारागारको अनुगमनका क्रममा आयोगको टोलीसंगै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, जिल्ला प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला लगायतको सहभागीता थियो ।

अनुगमनका क्रममा टोलीलाई कारागारका चौकीदार मोहन धितालले कारागारको बस्तुस्थितिको विषयमा जानकारी गराउनुभएको थियो ।

जिल्ला कारागार झापामा ५ वालवालिका ८१ जना महिलासहित १ हजार १ सय ४५ जना कैदी बन्दी छन् ।इमेजखबर साभार

तपाईको प्रतिक्रिया