Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झगेन्द्र खड्का
गौरादह, ५ असोज २०७७ । सडकमा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि स्थानीय बासिन्दा आफैं सडक मर्मत गर्न जुटेका छन।सडकमा खाल्डाखुल्डी हुदा पानी जमेर हिड्न समेत समस्या भएपछि स्थानीय ईटा उद्योग सँग सहयोग मागि स्थानीयले सडक मर्मत गरेका हुन।

गौरादह नगरपालिका वडा नं.९ मिसिनधुरा चाक्लाचौन हुदै बैगुन्धुरा जोड्ने सडक जनसहभागिताबाट मर्मत गरिएको छ।लगातारको वर्षा र सवारीसाधनको चहलपहलका कारण सडक खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि स्थानीय स्तरबाट सडक मर्मत गरिएको हो।

सडकमा खाल्डाखुल्डी परेर सवारीसाधन चलाउन तथा पैदलै हिड्न समेत समस्या भएपछि स्थानीय बासि आफै सडक मर्मत गर्न जुटेका हुन।स्थानीय बासिहरुले सडक मर्मत गर्न सहजताका लागि तेज ईटा उद्योग सँग जेसिबि निशुल्क सहयोग मागेका थिए।ईटा उद्योगले सडक मर्मत गर्न जेसिबि निशुल्क उपलब्ध गराएपछि खाल्डाखुल्डी पुर्न र खाल्डामा भएका पानी नाला तिर फाल्न सहज भएको स्थानीय गोपाल घिमिरेले जानकारी गराए।

बिगत दुई बर्ष अगाडि ग्राभेल सहित निर्माण गरिएको सडक चार पाङ्ग्रे ठुला सवारीसाधन आवतजावत हुदा र यस बर्ष बढी वर्षा हुदा सडक पुरै खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि स्थानीय बासि जागरुक भएर सडक मर्मतमा जुटेकाले उद्योगले सडक मर्मत गर्ने साधन उपलब्ध गराएको तेज ईटा उद्योगका प्रोप्राइटर सीताराम भट्टराईले जानकारी गराए।

गौरादह नगरपालिका वडा नं. ९ को वडाध्यक्ष समेत रहेका भट्टराईले मिसिनधुरा देखि बैगुन्धुरा जोड्ने सडक खण्डको करिब २ किलो मिटर सडक क्षेत्रमा खाल्डाखुल्डी परेकाले सडक मर्मतका लागि ईटा उद्योगका कर्मचारी सहित सडक मर्मत गर्न आवश्यक पर्ने साधन समेत उपलब्ध गराएको जानकारी गराए।

बर्षादको समय भएकाले अन्य ठाउँबाट आवश्यक सामग्री ल्याउन नसकिएकाले तत्कालका लागि आवतजावतमा सहज बनाउन खाल्डाको पानी बाहिर फाल्ने र छेउछाउको माटो तानेर भर्ने काम गरिएको वडाध्यक्ष भट्टराईले जानकारी गराए।सडकमा खाल्डाखुल्डी परेर पानी जम्दा ब्यापारीहरुका साथै स्थानीय बासिन्दा प्रभावित भएका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया