Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ४ असोज २०७७ । झापाका केही स्थानीय तहले विद्यालय सञ्चालनको तयारी गरिरहेका बेला जिल्ला प्रशासन कार्यालय झापाले भने अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय सञ्चालन नगर्न भनेको छ ।

यहि भदौ ३१ गते गृह मन्त्रालयको पत्र बाट प्राप्त निर्देशन र असोज १ गतेको डीसीसीएमसी को बैठकले उक्त निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक सूचना जारी गर्दै शैक्षिकसंस्था, परीक्षा, सबै प्रकारका सभा, गोष्ठी, सेमीनार, सबै प्रकारका प्रदर्शन, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, व्यूटीपार्लर, जिम हाउस सञ्चालन नगर्न भनेको छ ।

यस्तै, समुहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति, अन्तराष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, संग्रहालय र चिडियाखाना लगायतका सेवाहरु अर्को सूचना नभएसम्मका लागि सञ्चालन नगर्न सूचना जारी गरेको छ ।

तपाईको प्रतिक्रिया