Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, ३ असोज २०७७ । संविधान दिवसको अवसरमा गौरादहमा आज साँझ दिप प्रज्वलन गरिएको छ ।

नेपाली काँग्रेस वडा नं. १ र नेविसंघ गौरादह नगर समितिको संयुक्त आयोजनामा गौरादह बजारमा दिप प्रज्वलनको कार्यक्रम गरिएको गौरादह नगरपालिका नगरसभा सदस्य कोमल ढुंगानाले जानकारी दिनुभयो ।

सो अवसरमा ज्ञात, अज्ञात शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै, शुभकामना आदान प्रदान गरिएको जनाइएको छ । त्यसअवसरमा नेपाली काँग्रेसका र नेविसंघका कार्यकर्ता तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

यस्तै, संविधान दिवसकै अवसरमा कमल गाउँपालिकामा पनि विविध कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको छ ।

कमल–१ मा रहेको आरम्भ युथ क्लब र संघर्ष समितिको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

त्यसअवसरमा सरङ्पाडा बजार सरसफाई गर्नुका साथै, सुशासनका लागि युवाहरुको भूमिका विषयमा विचार गोष्ठी गरिएको थियो ।

सो अवसरमा साँझपख दिप प्रज्वलन गरि दिवस मनाइएको आरम्भ युथ क्लबका सचिव रोसन निरौलाले जानकारी दिनुभयो ।

 

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया