Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झगेन्द्र खड्का
गौरादह, ३० भदौ । गौरादह नगरपालिकाको कार्यलयमा नागरिकका गुनासाहरु थाहापाउन राखिएको उजुरी पेटिकामा निबेदन परेका छैनन्।उजुरी पेटिकामा निबेदन नपर्दा नगरपालिकाले राखेको उजुरी पेटिका खाली नै हुने गरेको छ।

नगरपालिका भित्र बसोबास गर्ने अधिकांश नागरिकले नगरपालिका कार्यलयमा हुने गरेको बेथितिका बिषयमा जताततै कुरा उठाएपनि नगरपालिकामा राखिएको उजुरी पेटिकामा उजुरी पत्र हालेको देखिदैन।नगरवासीहरु आफ्नो काममा ब्यस्त हुने र कार्यलयमा हुने गरेका बेतिथि र बिसंगतीका बारेमा उजुरी पेटिकामा लेखेर छोड्नु पर्छ भन्ने थाहा नभएको गौरादह -८ निवासी सूर्य प्रसाद दहाल बताउँछन्।

उजुरी पेटिकाको बारेमा थाहापाउने ब्याक्तीले पनि जसरी भएपनि आफ्नो काम सल्टाउने र काम सकिएपछि बजार चौक तथा चिया पसलमा गएर नगरपालिकाको बिरुद्धमा बोल्ने मात्र गरेका छन्। नगरपालिकाको कार्यलयमा सेवालिन जाने सेवाग्राहीलाई सम्मान जनक ब्यबहर नगरिएको,सानो कामको लागि पनि एकरदुई हप्ता धाउनु परेको, नगरबासिहरुले सहजरुपमा सेवा नपाएको लगायतका नागरिकहरुका गुनासाहरु रहेका छन्। नगरबासिहरुका कुनै प्रकारका गुनासा भएमा लिखित पत्र द्वारा जानकारी गराउन नगरपालिकाले कार्यलयमा उजुरी पेटिका राखेको छ। नगरपालिकाका कार्यशैली प्रति नागरिकका गुनासाहरुका चाङ रहेपनि नगरबासिले उजुरी पेटिकाको सदुपयोग गरेका छैनन्।

बिकाश निर्माणका बजेट फरफारक वा नगरपालिका सम्बन्धि कुनै काम सम्पन्न गरेर कार्यलयमा सेवालिन जाँदा सेवाग्राहीले एउटै काममा महिनौ दिन सम्म धाउनु परेपछि हैरानी भएर नगरपालिकामा चरम बेतिथी बढेको पटकपटक जनगुनासाहरु आइरहन्छन्।सेवाग्राहीले कुनै काममा हैरानी भोग्नु परेमा वा समयमा सेवा नपाएमा उजुरी पेटिकामा लिखित निबेदन राख्नु पर्ने हो तर सेवाग्राहीले उजुरी पेटिकाको प्रयोग नगरी मौखिक गुनासा मात्र गर्दा पेटिका खालि भएको हो।

गौरादह नगरपालिकाको बेतिथी हटाई नगरमा सुशासन कायम गर्नका लागि दबाब दिने उदेश्यले नगरबासिहरु स्वतस्फूर्त रुपमा जम्मा भई संघर्ष समिति समेत गठन गरेका छन्।नगरपालिकामा सेवालिन आउने सेवाग्राहीहरुका कुनै प्रकारका गुनासा भएमा कार्यलयको ध्यानाकर्षण गराउन उजुरी पेटिकाको नगरबासीले प्रयोग गरेको देखिदैन।

गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले नगरपालिकाबाट नगरबासीलाई दिईने सेवा छिटो छरितो र सहज भएका कारण उजुरी नपरेको जानकारी गराए।नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आफुले जिम्मेवारी सम्हालेपछि उजुरी नपरेका कारण पेटिकाको ताला खोल्नु नपरेको जानकारी गराए। नागरिकहरुका गाउँ घरका गुनासाहरु नगर न्यायपालिकामा आउने र न्याय सम्पादन गरिने भएकाले पनि उजुरी पेटिका खाली भएको हुन सक्ने अधिकृत ओझाले बताए।

जनप्रतिनिधि निर्वाचित भएर नगरपालिकाको जिम्मेवारी समालेपछि सुरुको पहिलो बर्ष कर्मचारी अभाबमा काममा ढिलासुस्ती हुँदा गुनासाहरु आएपनि त्यसपछिका समयमा गुनासाहरु नआएको गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले जानकारी गराए।नगरपालिकाले नागरिकका काममा कुनै प्रकारको ढिलासुस्ती नगरि सहज रुपमा काम सम्पन्न गरेपछि उजुरी पेटिका खाली भएको मेयर शाहले प्रष्ट पारे।

तपाईको प्रतिक्रिया