Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

कमल, २९ भदौ २०७७ । कमल गाउँपालिकामा रहेको बाल सञ्जालले माध्यमिक विद्यालय स्तरीय वत्तृmत्वकला प्रतियोगीता आयोजना गरेको छ ।

राष्ट्रिय बालदिवस–२०७७ को अवसर पारेर बाल मैत्री स्थानिय शासन प्रवद्धनमा बालबालिकाको भूमिका शिर्षकमा वत्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

कोरोना महामारीको यस विषम परिस्थीतिमा बालबालिकाहरु विद्यालय नगई घरमा नै बसिरहनु परेको यस अवस्थामा विद्यार्थीहरुको हौसला बढाउन विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता भन्ने मूल नारा सहित कमल गाउँपालिकाको सहयोगमा कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

वत्तृत्वकला प्रतियोगिताको आयोजना भर्चुअल माध्यमबाट गरिएको थियो ।

प्रतियोगितामा सहभागीमध्ये प्रथम स्थान हासिल गर्नेमा कमल-५ मंगलमय मा.वि की छात्रा रंजना बस्नेत रहेकी छिन् भने, कमल-२ कमला मदन आश्रितकी छात्रा सेविका पराजुली द्वितिय, कमल-३ केर्खा शहिद धर्मभक्त मा.वि की छात्रा अंकिता सुवेदी तृतिय र कमल-२ पाथिभरा बोर्डिङ्ग स्कुलका छात्र हिमाल अधिकारी चौथो भएका छन् ।

प्रतियोगितामा कमल गाउँपालिकाका ९ वटा सामुदायिक, एउटा निजि विद्यालय र ब्राइट फयुचर बाल क्लब गरि ११ जनाले सहभागिता जनाएका थिए ।

प्रतियोगितालाई निष्पक्ष ढंगले मुल्याङ्कन गर्न शिक्षकद्वय मदनराज बराल र हेमनाथ अधिकारी निर्णायकमा रहेका थिए । विजयी विद्यार्थीहरुलाई प्रमाण पत्र र नगद पुरस्कार वितरण गरिने कमल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments