Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झगेन्द्र खड्का
गौरीगंज, २२ भदौ । रोजगारीको खोजिमा विदेश जानेहरुका लागि परामर्श दिन वैदेशिक रोजगारका लागि आप्रवासी श्रोत उप-केन्द्र गौरीगंजमा स्थापना भएपछि विदेश जाने ब्याक्तीहरु लाभान्वित भएका छन्।

अन्य आयस्रोत नभएपछि रोजगारीको खोजिमा विदेश जाने युवा युवतीहरुलाई विदेश गएर सुरक्षित तवरले कमाई गर्न सकिने आधारहरुको बारेमा जानकारी दिने गरेको संस्थाकी परामर्शदाता पुजन न्यौपानेले जानकारी गराइन्।

विदेश जाने तयारीमा रहेर राहादानी बनाउन आएका ३ सय १७ जनालाई परामर्श दिईएको आप्रवासी श्रोत उप- केन्द्र गौरीगंजकी प्रमुख न्यौपानेले जानकारी गराइन। उनका अनुसार गौरीगंजमा संस्था स्थापना भएदेखि हालसम्ममा १ सय ३ जना महिला र २ सय १४ जना पुरुषलाई सल्लाह सुझाब दिएको बताइन्।

बिशेष गरि खाडी मुलुकमा रोजगारीका लागि जान चाहनेहरुका लागि विदेश जाँदा अपनाउनु पर्ने सावधानी, सकेसम्म सीप सिकेर वा तालिम लिएर जाँदा उपयुक्त हुने, विदेश जाने ब्याक्तीलाई समस्यामा परेमा सरकारी तवरबाट उद्दार गर्न सहजताका लागि बैदेशिक रोजगार बिभागबाट अनिवार्य श्रम स्वीकृत लिनुपर्ने।

बिदेश जाने ब्याक्तीले नेपाल सरकारबाट मान्यता प्राप्त म्यानपावरबाट जानुपर्ने र पैसा दिएपछि रसिद, भर्पाइ, तमासुक अनिवार्य लिनुपर्ने, बिदेश जाने ब्याक्तीले पासपोर्ट,भिसा लगायत अन्य आवश्यक कागजात सुरक्षित राख्नु पर्ने, बिदेश जाँदा नेपालकै बिमानस्थल प्रयोग गर्नु पर्ने लगायतका बिषयमा बैदेशिक रोजगारमा जानेहरुलाई संस्थाले जानकारी गराउने गरेको छ।

रोजगारीका सिलसिलामा बिदेश जाने तयारीमा राहादानी बनाउन आएकाहरुलाई राम्रो कमाई गर्न सीप सिकेर मात्र जान सल्लाह दिने गरेको छ। नपढेका र घरायसी काममा विदेश जान लागेका केहि महिलाहरुलाई सीप नसिकि गएमा दुःख पाइने सल्लाह दिएपछि केही महिलाहरु बिदेश नगएको परामर्शदाता न्यौपानेले बताइन्। गौरीगंज गाउँपालिका -१ महाभारा कि डेमाई मुर्मू संस्थाको सल्लाह अनुसार बिदेश नगएको न्यौपानेले बताइन्।

गौरीगंजमा संस्था स्थापना भएपछि गौरीगंज -१ मा स्थायी घर भएका मनिस राजवंशीको सब र बिदेशमा बिरामी भई अफ्ट्यारोमा परेका गौरीगंज-५ मा घर भएका प्रमोद कुमार महत्तो लाई संस्थाको पहलमा नेपाल फर्काइएको परामर्शदाता न्यौपानेले जानकारी गराइन।

झापा जिल्लाको दक्षिण पश्चिम क्षेत्रको गौरीगंजमा बैदेशिक रोजगारीका लागि आप्रवासी उप-केन्द्र स्थापना भएपछि यस क्षेत्रमा रहेका बिदेश जान चाहने र बिदेश गएर अफ्ठ्यारोमा परेका नागरिकहरुलाई संस्थाले पूर्ण सहयोग गरेको संस्थाका सह परामर्शदाता केदार पौडेलले जानकारी गराए।

तपाईको प्रतिक्रिया