Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झगेन्द्र खड्का
गौरादह, १९ भदौ । गौरादह नगरपालिकाले फोहोर व्यवस्थापनका लागि डम्पिङ साइडको व्यवस्था गर्न नसक्दा फोहोर उठाउने गाडी थन्किएको छ।गौरादह नगरपालिका भित्रका बजारहरु मध्ये ठूलो बजारका रुपमा रहेको गौरादह बजारबाट निस्कने फोहोर वडा नं -१ को वडा कार्यलयको परिसर प्राङ्गणमा राखिदै आएको छ।

नगर भित्रका बजारका फोहोर संकलन गरेर डम्पिङसाइड सम्म लगेर फाल्नका लागि नगरपालिकाले खरिद गरेको गाडी नगरपालिकाको प्राङ्गणमा थन्किएको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादह नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने ल्यान्डफिलडको व्यवस्था नगरी एक बर्ष अगाडि खरिद गरेको मिनि ट्रिपर प्रयोग बिहिन भएको छ।नगरपालिका भित्रका फोहोर संकलन गर्न खरिद गरेको ट्रिपरलाई नगरपालिकाका सामान ढुवानी गर्न र बाहिरबाट आएका मानिसहरुलाई ओसार्न प्रयोग गरिदै आएको छ।

गौरादह बजारबाट निस्कने फोहोरलाई ठेला गाडीमा राखेर वडा नं -१ को वडा कार्यलय अगाडि थुपारिन्छ।वडा कार्यलय प्राङ्गणमा फोहोरको डंगुर थुपारिदा आसपासको क्षेत्र दुर्गन्धित बनेको स्थानीय बासिन्दा बताउँछन्।फोहोर थुपारिएको ठाउँ अगाडि रहेको पुरानो गाबिस भवनमा सरकारी कार्यलय सहित दुई वटा संस्था रहेका छन्।

पुरानो गाबिस भवनमा इलाका हुलाक कार्यलय सहित गौरादह सामुदायिक कृषि सहकारी संस्था र आरती महिला कृषि सहकारी संस्था रहेका छन। गौरादहको पर्यटकिय क्षेत्रका रुपमा बिकास गरिदै गरिएको गौरादहका पोखरीका छेउमा फोहोरका डंगुर थुपारिदा पोखरी हेर्न आउने मानिस तथा कार्यलयमा सेवालिन आउने मानिसहरुलाई दुर्गन्धले असर पुर्याएको छ।गौरादह बजार भएर उत्तर तर्फ जाने वा सोहि सडक भएर बजार तर्फ आवत जावत गर्ने मानिस र आसपासमा रहेका कार्यलयहरु फोहोरका दुर्गन्धबाट प्रत्यक्ष प्रभावित बनेका छन।

इलाका हुलाक कार्यलय फोहोर थुपारिएको ठाउँ नजिकै रहेकाले दुर्गन्धका कारण कार्यलयमा काम गर्न कठिनाइ भएको इलाका हुलाकका प्रमुख यादव प्रसाद अधिकारी बताउँछन्।कार्यलयमा काम गर्ने कर्मचारी र सेवा लिन आउने सेवाग्राहीले ट्वाइलेट जानू परेमा फोहोरको थुप्रो माथि टेकेर हिड्नु परेको हुलाक प्रमुख अधिकारीले बताए।

फोहोर व्यवस्थापनका लागि नगरपालिकाले डम्पिङ साइडको व्यवस्था गरिरहेकाले यसै आर्थिक बर्ष भित्रमा फोहोर व्यवस्थापन गरिने नगर प्रबक्ता नगेन्द्र भण्डारी बताउँछन्।फोहोर फाल्ने ठाउँको व्यवस्था हुन नसकेर वाड कार्यलयको प्राङ्गणमा फोहोर थुपारिदा सबै भन्दा पिडित आफू रहेको बताउदै वडा नं -१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले ठाउँ अभावमा फोहोर व्यवस्थापन नगरपालिकाको ठूलो चुनौती रहेको बताए।

नगरपालिकाले ल्यान्डफिलडका लागि उपयुक्त स्थानमा जग्गा खोजि गर्दा नभेटिएको प्रबक्ता भण्डारी बताउँछन्। नगरपालिकाले वडा नं (१ को किष्णै खोला छेउ र गौरादह नगरपालिका वडा नं -७ को ठकठकेमा रहेको सार्वजनिक जग्गा मध्ये एक ठाउँमा डम्पिङ साइड बनाउने तयारी गरेको थियो। गौरादह नगरपालिका वडा नं -७ को ठकठकेमा रहेको सार्वजनिक जग्गा करिब ३ बिघा १० कठ्ठामा ल्यान्डफिलड बनाउने तयारी गरिरहेकाले आवश्यक पुर्वाधार अभावमा पुरानै ठाउँमा फोहोर थुपारिएको प्रबक्ता भण्डारीले बताए।

बजार तथा आसपासका क्षेत्रबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न डम्पिङ साइडको व्यवस्था गर्न जग्गाका लागि नगरपालिकाले पटक पटक आब्हान गरेपनि जग्गा व्यवस्थापन नभएकाले फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको नगर प्रमुख रोहित कुमार शाह बताउँछन्। नगरपालिकाले गौरादह नगरपालिका वडा नं -७ को ठकठकेको सार्वजनिक जग्गामा डम्पिङ साइड बनाउने निर्णय गरिसकेकाले त्यस क्षेत्रमा पुग्ने सडक निर्माण र आवश्यक पुर्वाधार तयार गरेपछि फोहोर व्यवस्थापनमा सहज हुने नगर प्रमुख शाह बताउँछन्।

अहिले बर्षादको समय रहेकाले पानी पर्दा पुर्वाधार तयार गर्न समस्या भएको मेयर शाहले बताए।बर्षाद सकिएपछि ल्यान्डफिलड को काम गर्न सुरु गरिने र यसै आर्थिक बर्ष भित्रमा सम्पूर्ण पुर्वाधार तयार गरि फोहोर व्यवस्थापन गरिने मेयर शाहले जानकारी गराए।

तपाईको प्रतिक्रिया