Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ६ साउन २०७७ । नेपाली काँग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपि कोइरालाको ३८औं स्मृति दिवसको अवसरमा उनको योगदानलाई सम्झदै आज झापाको गौरादहमा वीपी विचार गोष्ठीको आयोजना गरिएको छ ।

नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भदौ २४ गते भारतको बनारसमा भएको थियो । उहाँ नेपाली राजनीतिमा वीपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामबाट परिचित हुनुहुन्थ्यो ।

जीवनभर प्रजातन्त्रका लागि लड्नुभएका कोइराला शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता हुनुहुन्थ्यो । क्यान्सर रोगबाट थला पर्नुभएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनमासमेत सहभागी कोइराला भारतीय नेताहरुसँगै जेल पर्नुभएको थियो ।
कोइरालाको नेतृत्वमा जहानियाँ राणाशासन हटाउन २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो । विपि कोइरालाले २००७ सालमा १०४ वर्षे राणाशासनको विरुद्धमा भएको जनक्रन्तिको नेतृत्व गर्नुभएको थियो । नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने विपि तत्कालीन नेपालमा अन्तराष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रुपमा समेत चिनिनुहुन्थ्यो ।

यसैबीच, नेपाली काँग्रेस प्रदेश सभा, क्षेत्रीय समिती झापा ५ (क) र गौरादह नगर समितीको संयुक्त आयोजनामा गौरादह नगरपालिका१ को सभाहलमा सम्पन्न गरिएको कार्यक्रममा गौरादह नगरपालिकाले ९ वटै वडाका विपन्न परीवारका ६० जनालाई झुल वितरण गरेको छ । त्यसअवसरमा नेपाली काँग्रेस झापा जिल्ला सदस्य बद्री कार्कीले प्रोजेक्टर मार्फत वीपीको जीवनी प्रस्तुत गर्नुभएको थियो ।

गौरादह नगरपालिकाका प्रमुख तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रोहित कुमार शाहको प्रमुख आतिथ्यता र गौरादह नगर सभापति यादवराज सेढाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधी डा. खगेन्द्र अधिकारी, नेपाली काँग्रस झापा जिल्ला सदस्य राम कुमारी पौडेल, महासमिती सदस्य अनिल कृष्ण प्रसाईं र पूर्व क्षेत्रिय सभापति विरबहादुर प्रसाईं लगायत कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया