Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, १० असार २०७७ । आज झापामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पाँच वर्षीय बालक देखी ६२ वर्षीय बृद्ध रहेका छन् ।

मेचीनगरका १० र शिवसताक्षीका १ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । पाँच वर्षीय बालक र ६२ वर्षीय बृद्ध मेचीनगरकै रहेको बताइएको छ । उनीहरु सबै क्वारेन्टाइनमा बसेका थिए । आज ११ जना थपिए सँगै झापामा कोरोना संक्रमितको संख्या २ सय १६ पुगेको छ ।

आज थप भएसँगै संक्रमितको संख्या कचनकवल १२८, गौरीगञ्ज १७, बुद्धशान्ति ११, मेचीनगर २८, बाह्रदशी ७, भद्रपुर ६, हल्दिबारी ६, अर्जुधारा ५, कन्काई ४, गौरादह ४, दमक ३, झापा गापा २, बिर्तामोड २, कमल गाउँपालिका १ र शिवसताक्षीमा २ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया