Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २२ माघ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार राति महाराजगञ्जस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको शर्माको बुधबार बिहान उपचारका क्रममा निधन हो।

नेपाल टेलिभिजनमा लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका शर्माको महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

गत मंगलबार सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका उनलाई मंगलबार राति मनमोहनमा सारिएको थियो । ७२ वर्षीय शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित थिए। इलाममा जन्मिएका शर्माले गोरखापत्रको संवाददाताका रुपमा पत्रकारिता सुरु गरेका थिए।

२०४२ सालमा नेपाल टेलिभिजनको प्रशारणदेखि लामो समय काम गरेका शर्मा टेलिभिजनको महाप्रबन्धकसमेत भएका थिए।उनका दुई छोरा र श्रीमती छन्।

तपाईको प्रतिक्रिया