Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २४ मंसिर । भैरहवाको नेसनल मेडिकल कलेजले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता र समायोजन गर्न सहमत भएको छ ।

आन्दोलनरत् विद्यार्थीसँग वीरगन्जमा भएको वार्तापछि यस्तो सहमति भएको हो । यसअघि, २०७२ सालदेखि अध्ययनरत् विद्यार्थीलाई समावेश नगरी सरकारले मेडिकल कलेजसँग सहमति गरेको भन्दै विद्यार्थीहरु आन्दोलित थिए ।

परीक्षा मिति सार्न माग

यता, आउँदो पुस १० गतेदेखि सन्चालन हुने एमबीबीएस र बीडीएस दोस्रो वर्षको परीक्षा मिति सार्न माग गर्दै विद्यार्थीहरुले महाराजगन्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानमा धर्ना दिएका छन् ।

आन्दोलनका कारण पठनपाठनमा असर परेको भन्दै भैरहवाको युनिर्भसल मेडिकल कलेजका विद्यार्थीहरुले परीक्षा मिति सार्न माग राखेका हुन् ।

मंगलबार बिहान काठमाडौं आएका उनीहरुले आन्दोलनका कारण ३५ दिन कलेज बन्द भएको र कुनै प्रयोगात्मक परीक्षासमेत सन्चालन नभएको बताए ।

उनीहरुले आन्दोलनका कारण पहिलो वर्षको परीक्षा बहिस्कार गरेका विद्यार्थीहरुकोसमेत पुनः परीक्षा गराउनसमेत माग राखेका छन् ।

कलेजले विद्यार्थीहरुसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएपछि आन्दोलन भने स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया