Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

पर्सा, २४ मंसिर । वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित शिवनगर टोलमा सोमबार साँझ आमा–छोरीको शव फेला परेको छ ।

अन्दाजी २२/२३ वर्षकी महिला र उनको एक/डेढ वर्षकी छोरीको शव फेला परेको हो । उनीहरु भाडामा बस्दै आएको घरकै कोठामा शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा करिब ७-८ दिन अघि नै हत्या भएको हुन सक्ने प्रहरीको भनाइ छ । बाहिरबाट ताला लगाएको अवस्थामा कोठाभित्र भुईमा आमाछोरीको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घरधनीले कोठाबाट गन्ध आएको र भाडामा बस्दै आएका मानिस केही दिनदेखि नदेखिएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले ढोका फोडेर हेर्दा आमाछोरीको शव गन्हाएको अवस्थामा फेला पारेको हो ।

प्रहरीका अनुसार उक्त कोठामा एक पुरुष र मृतक दुई जना गरी जम्मा तीनजना बस्दै आएका थिए । मृतक महिला र ती पुरुष पति–पत्नी रहेको बताइन्छ । घरबेटीले प्रहरीलाई दिएको जानकारीअनुसार उनीहरुले आफ्नो घर बाराको कलैया उपमहानगरपालिका–२६, सिसुवा बताएका थिए । तर पत्नी र छोरीको शव कोठामा कुहिन थालेको अवस्थामा पनि पति फेला नपर्नुले घटना रहस्यमय भएको प्रहरीको भनाइ छ ।

प्रहरीले दुवै शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा पठाएको छ । पोस्टमार्टम रिपोर्टपछिमात्र घटनाबारे थप जानकारी हासिल हुने प्रहरी बताउँछ ।रातोपाटी

तपाईको प्रतिक्रिया