झापा, १० जेठ २०८३ । झापाको बुद्धशान्ति गाउँपालिका–१, मझुवा निवासी ५५ वर्षीय मैत बहादुर लिम्बुको रुखबाट लडेर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब १:३० बजे कुटमिरोको रुखमा घाँस झार्ने क्रममा लिम्बु अचानक लडेर टाउको तथा छातीमा गम्भीर चोट लागेका थिए। घटनापछि उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित द्य७ऋ अस्पतालमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा आज दिउँसो ४ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।






