काठमाडौं, १० जेठ २०८३ । नेपाली नक्कली नोटको कारोबार गर्ने एकजना पक्राउ परेका छन् । ललितपुरको लगनखेलबाट १९ वर्षीय सुरज राई पक्राउ परेका हुन् ।
वडाप्रहरी कार्यालय लगनखेलको टोलीले सिरहाको लहान नगरपालिका–१५ का राईलाई लगनखेल बसपार्कबाट नै पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार, राईको साथबाट ५०० दरका आठ थान नक्कली नोट बरामद भएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।






