काठमाडौं, १० जेठ २०८३ । सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आइतबार सिन्धुलीको सुनकोसी गाउँपालिका–५, सित्खास्थित सुनकोसी नदीमा नुहाउने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूका सुनकोसी गाउँपालिका–३ का ९ वर्षीय सफल मगर र सोही पालिका बस्ने बन्दीपुरका १० वर्षीय युकेश विक छन् ।
मगरको शव स्थानीयले नदी किनारबाट निकालेका थिए । विक शव भने घटनालगत्तै पुगेको विपद् व्यवस्थापन वेश खुर्कोटको टोलीले नदीभित्रबाट निकालेका थिए ।






