Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

झापा, २८ फागुन २०८० । झापामा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-६ स्थायी घर भइ हाल वडा नम्बर ३ मा डेरा बस्दै आएका ४२ वर्षीय सन्तोष राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान बुट्टावारि नजिकैको सडक किनारमा राई मृत फेला परेका थिए । मादक पदार्थ सेवन गरी यात्रा गर्दा साइकलबाट लडेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

टाउको सडकमा बजारिएको,एकापट्टिको गाला धसारिएको र मुखबाट पानी बगिरहेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । राईको शव पोस्टमार्टमको लागि धरान पठाइएको छ।अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया